भैरहवामा खुल्यो ३ करोडको लगानीमा ‘सिभेट लन्ज एण्ड बार’

होमल्याण्ड खबर

२०७९ भाद्र ६ गते, सोमबार ११:५३ मा प्रकाशित

रुपन्देहीको भैरहवामा करिब ३ करोडको लगानीमा ‘सिभेट लन्ज एण्ड बार’ सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेट अगाडी उक्त होटल आइतबारदेखि शुभारम्भ भएको हो ।

विमानस्थलमा आउने र यहाँबाट जाने पर्यटकलाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याइएको यसै होटलका सञ्चालक प्रकाश अधिकारीले बताए। उनले भने, ‘सिभेट लन्ज एण्ड बारमा नेपाली, इण्डियन, चाइजिन कन्टीनेन्टल खाना उपलब्ध गराइनेछ ।’ साथै यहाँ कफि पारखीहरुका लागि बिश्वकै उच्च स्तरीय कफि सिबेट कफिको पनि व्यस्था गरिएको छ।

पुर्णतया वातानुकुलित रेस्टुरेन्ट भित्र बसेर स्वस्थकर खाना प्रदान गर्ने गरी होटललाई सञ्चालनमा ल्याएका हौं, अधिकारीले भने गुणस्तरमा हामीले कहिल्यै कम्परमाईज गर्ने छैनौ। आफुसंग पाँच तारे होटल सञ्चालनका क्रममा सिकेको सिपलाई सिवेट लन्जमा प्रयोग गर्ने समेत उनले बताएका छन्।

होटलमा २५–३० जना अट्ने सभाहल, दुईवटा बैठक कोठा रहेका छन्। ४ हजार स्कायरफिट क्षेत्रफलमा निर्माण भएको होटलमा एकै पटकमा १ सय २० जना जतिले संगै बसेर खाना खान सकिने सञ्चालक अधिकारीले जानकारी दिए। साथै होटलबाट विमानस्थलको दृश्वालोकन गर्न सकिन्छ भने खाना खाएर विमानस्थल जान सकिने तथा विमानस्थलमा गएर जहाजको पखाईमा बस्नु भन्दा होटलमा बसेर आराम गरेपछि यात्रा गर्न सकिने अधिकारीले बताए ।
यस होटलका सञ्चालक अधिकारी होमल्याण्ड गु्रपका अध्यक्ष हुन्। उनले होमल्याण्ड मिडिया, कन्स्ट्रक्सन एण्ड डिजाईन, स्पोट्स क्लव, फेसन पेन्ट लगाएतका व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । उनी युवा उद्यमी हुन्।

होटल परिसर भित्र ३ वटा एटिएम लाउन्ज राखिएको छ । स्थानिय तथा बाह्य पर्यटकको सुबिधाको लागि एटिएम लाउन्जको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। होटलमा आउने उपभोक्ताको सुबिधाको लागि प्रयाप्त प्रार्किङको समेत सुबिधा रहेको छ।

सञ्चालनमा आएको एक महिना सम्मका लागि खानामा १५ प्रतिशत छुटको व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ।