९ मंसिर २०८१, आईतवार
च्याम्पियन्स लिग फुटबलमा अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले कीर्तिमानी ह्याट्रिक पूरा गरेका छन् । बार्सिलोनाले मंगलबार रातिको खेलमा पिएसभी आइन्डहोभनलाई ४–० ले हराउने क्रममा मेस्सीले ह्याट्रिक गरेका छन् ।
मेस्सीले तीन गोल गर्दा डेम्बेलेले १ गोल थपे । पछिल्ला केही सिजनयता पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको एकल दबदबा रहँदै आएकामा अब मेस्सी अगाडि लागेका छन् ।
मेस्सीले च्याम्पियन्स लिगमा ८ वटा ह्याट्रिक गर्दा रोनाल्डोको संख्या ७ छ । रोनाल्डो र मेस्सीपछि तीन खेलाडीले ३–३ पटक ह्याट्रिक प्रहार गरेको तथ्यांक छ । तीन ह्याट्रिक प्रहार गर्नेमा मारियो गोमेज, लुइज आद्रियानो र फिलिप्पो इन्जाघी रहेका छन् ।
च्याम्पियन्स लिगमा रोनाल्डोले बुधबार नै युभेन्ट्सका लागि डेब्यु गर्दैछन् । रोनाल्डोले पछिल्लो सिजन च्याम्पियन्स लिगमा १५ गोल गर्दै रियाल मड्रिडलाई उपाधि दिलाएका थिए ।
पछिल्लो ५ सिजनमध्य रोनाल्डोले ४ पटक उपाधि नै जितेका छन् । यसपटक पनि उनी टोलीलाई उपाधि दिलाउँदै गोल्डेन बुट हात पार्ने सुरमा हुनेछन् ।