९ मंसिर २०८१, आईतवार
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन क्लब वायर्न म्युनिखले जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा वायर्नले पोर्चुगिज क्लब बेन्फिकालाई २ – ० ले हराएको हो ।
वायर्नले बेन्फिकालाई उसैको मैदानमा हराएर सिजनको सुखद सुरुवात गरेको हो । वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की र रेनटो सान्चेजले एक एक गोल गरे ।
पहिलो हाफको १० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ५४ औं मिनेटमा सान्चेजले गोल गर्दै वायर्नलाई २ – ० को सहज जित दिलाए ।
जितसंगै समूह ‘ई’ को वायर्नले ३ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा आयाक्सले एईके एथेन्सलाई ३ – ० ले हराएको छ । आयाक्सको जितमा निकोलसले दुई तथा डोनी भान डी बीकले एक गोल गरे । एजेन्सी ।