जनताको क्षमता अनुसार कर लगाउन स्थानीय तहलाई अर्थमन्त्रीको आग्रह

होमल्याण्ड खबर

२०७५ आश्विन ८ गते, सोमबार १५:३४ मा प्रकाशित

जनताको क्षमता अनुसार कर लगाउन स्थानीय तहलाई अर्थमन्त्री डा. यूवराज खतिवडाले आग्रह गरेका छन् ।

नवलपरासी पश्चिम पालिन्दन गाउपालिका वडा नं १ महेशपुर स्थित रहेका महेशपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय तहलाई कर बढाउन हतार नगर्न आग्रह गरेका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्दै खतिवडाले भने, ‘कर जनताको क्षमता र सम्पत्तिको मूल्यांकनको अधारमा मात्रै लगाऔं, पहिले तिरेको करको सदुपयोग हुन्छ, विकासको सुनिश्चितता हुन्छ भन्ने विश्वास दिलाऔं, कर लगाउँदैमा विरोध नगरौ ।’

भन्सार कार्यालयको उद्धघाटन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले सरकारलाई तिरेको करको सदुपयोग हुन्छ र विकास सुनिश्चितता हुन्छ भन्ने विश्वास आमनागरिकलाई दिलाएपछि मात्रै कर बढाउन आग्रह गरे ।
स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्दै उनले भने, ‘कर जनताको क्षमता र सम्पत्तिको मूल्यांकनको अधारमा मात्रै लगाऔं, पहिले तिरेको करको सदुपयोग हुन्छ, विकासको सुनिश्चितता हुन्छ भन्ने विश्वास दिलाऔं, कर लगाउँदैमा विरोध नगर्न समेत आमनागरिकलाई अर्थमन्त्रीले आग्रह गरे ।

जिल्लाको महेशपुर भन्सार आइतवारबाट औपचारिक रुपमा मुल भन्सारका रुपमा परिणत भएको छ । बेलहिया भन्सार कार्यालय भैरहवा अन्तर्गत रहेको नवलपरासीमा पाँच वटा छोटी भन्सार कार्यालय मध्ये महेशपुर भन्सार कार्यालयलाई मुल भन्सार कार्यालयको रुपमा रहनेछ ।

तराईमा अहिले २१ वटा जिल्लहरु जिल्ला सदरमुकाम जोडने चार लेन्थको सडक बनिने छ । पूर्व पश्चिम राजमार्गबाट सदरमुकाम जोडिने सडक चार लेन्थ हुन्छ नै तर चार लेन्थलाई दक्षिणी सिमाना सम्म पुरयाउने सरकारको लक्ष्य र जिम्मेवारी छ । परासी बजार देखि महेशपुर भन्सार कार्यालय सम्म चार लेन्थको सडक बनाउने लक्ष्य सरकारको रहेको कार्यक्रममा मन्त्री खतिवडाले राखे।

उनले भने ’सडकको माध्यमबाट छोटो र छरितो मार्ग मध्येबाट पहाडी राजमार्ग जोडिने छन । जसबाट हिमाल, पहाड र तराईको सम्बन्धमा अझ सुदृढता हुन्छ । मान्छेको आवगमन बढछ जसबाट मतभेद र विभेदका अन्त हुनेछ ।’