१० मंसिर २०८१, सोमबार
दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि ५५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
बुधबार अर्थसचिव डा.राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदूत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तर्र्रािष्ट्रय एजेन्सीमार्फत् नेपाल सरकारलाई उपलब्ध गराउने सो आर्थिक सहायता नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च हुने अर्थसचिव खनालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्कले नेपालको सामाजिक–आर्थिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले व्यवसायिक तथा प्राविधिक शिक्षा विकासमा नेपालले उल्लेख्य प्रगति गर्ने विश्वास पनि व्यक्त गरे ।
दक्षिण कोरियाले नेपालको आर्थिक–सामाजिक क्षेत्रको विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।