वर्षभरी नै विकट क्षेत्रमा सेवा प्रदान गर्ने एक मात्र विमान– तारा एयर

होमल्याण्ड खबर

२०७५ आश्विन ११ गते, बिहीबार १३:५४ मा प्रकाशित

नेपालको हवाई इतिहासमा स्थापित नाम हो यति एयरलाइन्स । यतिको भगिनी एयरको रुपमा सञ्चालित तारा एयरले नेपालको हवाई इतिहासमा २० वर्ष लामो अनुभव बोकेको छ ।

ताराले आफ्नो उडानलाई दुर्गममा केन्द्रित गरिरहेको छ । हालसम्म ताराका ६ वटा विमान रहेका छन भने छिट्टै अर्को विमान पनि भित्र्याउने तयारीमा रहेको एयरलाइन्सले जनाएको छ ।

तारासँग हाल २ वटा डोर्नियर डीओ २२८, २ वटा ट्वीनअटर ३०० र २ वटा ट्वीनअटर भाइकिङ ४०० सिरिज रहेका छन् । ४०० सिरिजका विमान छिट्टै भित्र्याउने पनि तारा एयरले बताएको छ ।

नेपालका दुर्गम क्षेत्रहरु लुक्ला, सिमिकोट, जोमसोम, डोल्पा, लामिडाँडा, ताप्लेजुङ, एभरेष्ट आदिमा आफ्नो सेवा दिइरहेको छ । भौगोलिक र मौसमका हिसाबले यी क्षेत्र निकै जोखिमयुक्त मानिन्छन । यी क्षेत्रमा हवाई सेवा प्रदान गर्नु तारा एयरको लागि चुनौतीपूर्ण छ । अन्य विमान कम्पनीहरुले सुगममा मात्र सेवा केन्द्रित गरिरहेको वेला तारा एयर भने दुर्गमका जनतालाई सेवा प्रदान गर्नमा अग्रसर भएको देखिन्छ ।

तारा एयरले दुर्गम क्षेत्रका जनतालाई ढुवानी सेवा, एम्बुलेन्स सेवा र कार्गो सेवा प्रदान गरिरहेको छ । तराले विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी० र नेपाल खाद्य सहयोग ९एनएफसीको सहयोगमा खानाको आपूर्ति गरिरहेको छ । नेपालका अविकसित क्षेत्र जहाँ सडकको पहुँच छैन त्यस्ता स्थानमा आफूलाई पुर्याएर अफू सेवामा केन्द्रित भएको तारा एयरले बताएको छ ।

यद्यपि अन्य प्रतिस्पर्धी एयरलाइन्सहरुले सुगम क्षेत्रमा मात्रै आफूलाई सीमित राखेको अवस्थामा ताराले आफूलाई दुर्गमको साहारा बन्न र पर्यटकलाई नेपाल देखाउन अग्रसर भएको दावी गरेको छ । र ताराले आफूलाई जनताको एयरलाइन्सको रुपमा परिभाषित गरेको छ ।
तारा एयरको स्लोगननै ‘हेल्पिङ डेभलप रुरल नेपाल’ रहेको छ । जसले दुर्गमका जनतालाई सुगमसँग जोड्ने काम गर्छ । नाफालाई भन्दा पनि जनताको सेवामा समर्पण गरेको ताराको दाबी छ । नेपालका विकट क्षेत्रमा वर्षभरी नै आफ्नो हवाई सेवा प्रदान गर्दै आइरहेको एक मात्र विमान सेवा कम्पनी हो तारा एयर ।

तारा एयरले दुई वर्ष अगाडि सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिएको थियो । नेपाल सरकारको सगरमाथा प्रदूषण नियन्त्रण समितिसँग सहकार्य गरेर तारा एयरले संकलित फोहोर ल्याएर नष्ट गर्न सहयोग गरेको थियो ।
त्यो समय तारा एयरले ११ हजार किलोग्राम नकुहिने फोहोरलाई काठमाडौं ल्याएको थियो । त्यसैगरी खुम्बु क्षेत्रको फोहोर पनि लुक्लाबाट काठमाडौंसम्म निःशुल्क ल्याएर नष्ट गर्न सघाएको थियो । उक्त अभियानले पर्यटक तथा स्थानीयसम्मलाई जनचेतना फैलाई उच्च हिमाली क्षेत्रको पर्यावरण संरक्षण र सुधारमा सहयोग पुर्याउन सहयोग गरेकोे तारा एयरले जनाएको छ ।