९ मंसिर २०८१, आईतवार
विश्वकप विजेता फ्रान्सका होनहार युवा खेलाडी किलियन एम्बाप्पेले फ्रेन्च लिग वान फुटबलमा जादूमयी प्रदर्शन गरेका छन् ।
एम्बाप्पेले पेरिस सेन्ट जर्मेन पीएसजीलाई लियोविरुद्ध ५–० ले जिताउने क्रममा सनसनी खेल खेले । एम्बाप्पेले १३ मिनेटको अवधिमा ४ गोल गरे ।
६१ देखि ७४ मिनेटमा एम्बाप्पेले ४ गोल गरेका हुन् । यसअघि ९ मिनेटमै नेयमारले पेनाल्टीमार्फत गोल गरेका थिए । ३५ औं मिनेटमा किम्पेम्बेले रातो कार्ड खाएपछि पीएसजी १० जनामा सिमित भयो ।
४५ औं मिनेटमा लुकास टोयुसार्टले दोहोरो पहेंलो कार्ड खाएपछि लियों पनि १० जनामा समेटियो ।
त्यसपछि गोलको खाता खोलेका एम्बाप्पेले खेलको ६१, ६६, ६९ र ७४ औं मिनेटमा गोल गरे।
पीएसजी ९ खेलबाट २७ अंक सहित लिगको शिर्षस्थानमा छ । दोस्रो स्थानको लिलेको १९ अंक छ । तेस्रो स्थानको मार्सेको १६ अंक छ ।