९ मंसिर २०८१, आईतवार
एएफसी अन्डर १९ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । चोनबरी स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।
समुह चरणको खेलमा भारतलाई पराजित गरेको नेपालको छनोटको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो छ । भारत र थाईल्याण्डले पाकिस्तानमाथि गरेको गोल बर्षाले नेपाललाई समेत आजको खेल सहज हुने अपेक्षा गर्न सकिन्छ ।
समुहमा थाईल्याण्ड, भारत र नेपालको समान ३ अंक छ । पाकिस्तान भने अंक विहिन छ । समुहको शीर्ष टोली सिधै दोस्रो चरणमा छनोट हुनेछ । समुहमा दोस्रो बन्ने टोलीले उत्कृष्ट उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने सम्भावना रहन्छ । नेपाल त्यही उत्कृष्ट उपविजेता बन्ने दाउमा छ ।
पहिलो खेलमा थाईल्याण्डसंग हारको नेपालले भारतलाई पराजित गर्दै छनोटमा उत्कृष्ट पुनरागमन गरेको थियो । प्रतियोगिता अर्को बर्ष थाईल्याण्डमा हुदैछ ।