टी ट्वान्टी महिला विश्वकपमा पाकिस्ताको पहिलो जित

होमल्याण्ड खबर

२०७५ कार्तिक २८ गते, बुधबार ११:१३ मा प्रकाशित

टी ट्वान्टी महिला विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पाकिस्तानले आयरल्याण्डलाई ३८ रनले पराजित गरेको हो ।

पाकिस्तानले जितसंगै अघिल्लो चरण प्रवेशको गणितिय सम्भावनालाई कायम राख्न सफल भएको छ । पाकिस्तानले तीन खेलमा पहिलो जित निकाल्दै तालिकामा २ अंक जोडेको छ ।

आयरल्याण्डको यो लगातार दोस्रो हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । कप्तान जाभिरिया खानको नटआउट ७४ रनको मदतले पाकिस्तानले मध्यम स्कोर खडा गरेको थियो ।

१ सय ४० रनको लक्ष्य सहित मैदान उत्रिएको आयरल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १ रनमात्र बनाउन सक्यो । आयरल्याण्डका लागि आईसोबेल जोयसले बनाएको ३० रन टोलीको सर्वाधिक स्कोर रह्यो । क्लेयर सिलिङटनले २७ रन बनाईन् । अन्य ९ ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

समुह बीमा पाकिस्तानले ३ खेलबाट २ अंक जोडेको छ । आयरल्याण्ड अंक विहिन छ । अष्ट्रेलिया र भारत समान ४ अंक सहित तालिकाको पहिलो र दोस्रो स्थानमा क्रमश छन् । एजेन्सी ।