९ मंसिर २०८१, आईतवार
अष्ट्रेलिया आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा न्युजिल्यान्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो ।
न्युजिल्यान्डमाथिको जितसंगै समूह ‘बि’ को अष्ट्रेलियाले लगातार तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । अष्ट्रेलियाले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा समेत रहेको छ ।
गुएना राष्ट्रिय रंगशालामा अष्ट्रेलिया अष्ट्रेलियाले दिएको १५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड १७ ओभर ३ बलमा अलआउट हुँदै १२० रनमा समेटियो ।
न्युजिल्यान्डका लागि सुजी बाटेसले ४८ तथा केटी मार्टीनले २४ रन जोडिन । अष्ट्रेलियाकी मेगानले ३ विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै २० ओभरमा ७ विकेट गुमाएर १५३ रन जोडेको थियो ।
अष्ट्रेलियाका लागि एलिसा जिन हेलीले ५३ रनको अर्धशतकीय इनिङस खेलिन् । यस्तै राचेल हाइनेसले अविजित २९ रन जोडिन । न्युजिल्यान्डकि लेइघ मेघानले ३ विकेट लिईन् । एजेन्सी ।