ए डिभिजन लिगः मनाङको लगातार दोस्रो जित

होमल्याण्ड खबर

२०७५ मंसिर २ गते, आईतवार १२:३१ मा प्रकाशित

काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ—मस्र्याङ्दीले लगातार दुई जित निकालेको छ । मनाङको दोस्रो जितमा उसका लागि विदेशी खेलाडीको कोटामा भित्रिएका ओलावले आफिजको गोल निर्णायक बन्यो ।

शनिबार सशस्त्र प्रहरी बलको हल चोक मैदानमा भएको मनाङ मस्र्याङ्दी र न्युरोड टिम (एनआरटी) बीचको खेलमा एनआरटीलाई पराजित गरेपछि ६ अंकसहित मनाङ लिगको शीर्ष स्थानमा छ ।

समूह चरणको दोस्रो खेलमा मनाङले एनआरटीलाई २—० अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा २—० को अग्रता लिएको मनाङले दोस्रो हाफमा एनआरटीविरुद्ध गोल थप्न सकेन ।

पहिलो हाफमा एनआरटीका खेलाडीले अन्जन बिष्टलाई पेनाल्टी बक्समा लडाएपछि मनाङले पाएको पेनाल्टी अन्जन आफैले प्रहार गर्दै १७ औं मिनेटमा गोल गरेका थिए । अन्जनको गोलले अग्रता लिएको मनाङका लागि खेलको ३७ औं मिनेटमा ओलावले गोल थप्दै टिमका लागि निर्णयक गोल गरेका थिए ।

एनआरटीले गोल फर्काउन नसकेपनि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो हाफमा दोब्बर अग्रता कायम गरेको मनाङविरुद्ध रक्षात्मक खेल्दै दोस्रो हाफमा थप गोल गर्न भने दिएन ।

खेलको ५ औं मिनेटमा मनाङले प्रकाश बुढाथोकी घाइते हुँदै मैदानबाट बाहिरिएपनि आफ्नो प्रदर्शनमा लय कायमै राख्यो ।