नाराबाजीबीच विश्वासको मत माग्न प्रधानमन्त्री रोष्ट्रममा

होमल्याण्ड खबर

२०८१ जेष्ठ ७ गते, सोमबार १२:२८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत माग्न रोष्ट्रममा पुगेका छन् ।

सोमबारको बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज चौथोपटक विश्वासको मत लिँदै छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले बैठक अवरोध गरेका हुन् ।