२ मंसिर २०८१, आईतवार
सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको हो । आज दिउँसो बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए ।
काँग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।