१ मंसिर २०८१, शनिबार
प्रतिनिधि सभा बैठकमा प्रतिपक्षद्वारा सहकारी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विरोध र नाराबाजी जारी छ।
तर सभामुख देवराज घिमिरेले पेलेरै सदन चलाइरहेका छन्। सुरुवातमै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोल्न समय पाएका थिए।
उनले सहकारी प्रकरणमा छानबिन समिति आवश्यक रहेको बताए। उनले बोलेपछि सभामुख घिमिरेले कार्यसूचीमा फेर बदल गर्दै अर्थमन्त्री वर्षमान पुनलाई बोल्न समय दिए।
लगत्तै प्रतिपक्षले उठेर विरोध जनाउन थाल्यो। नाराबाजीकै बीच अर्थमन्त्रीले बोलिरहे। त्यसपछि नीति तथा कार्यक्रममा संशोधन हालेका चित्रबहादुर केसीलाई बोल्न समय दिए।
केसीले सहकारी ठगीमा छानबिन समिति गठन नगरेर सत्ता पक्षले पेलेर जाने मनसाय गरेकाले नीति तथा कार्यक्रममा समर्थन नरहेको जनाए।
लगत्तै प्रेश सुवालले बोल्न समय पाए। विगत लामो समयदेखि कांग्रेसले सदन अवरोध गर्दै आएको छ। तर सभामुखले पेलेरै सरकारका तर्फबाट मन्त्रीहरुलाई नाराबाजीकै बीच बोल्न दिइरहेका छन्।