कांग्रेसको नाराबाजी बीच संसदबाट नीति तथा कार्यक्रम पारित

होमल्याण्ड खबर

२०८१ जेष्ठ १३ गते, आईतवार १३:५६ मा प्रकाशित

नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आउँदो वर्षको नीति तथा कार्यक्रम आज सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो ।

त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि १५ गतेसम्म सदनको अवरोध हट्नेगरी छलफल भइरहेको बताए ।