१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पिछडिएको क्षेत्र समन्वय विभागमा १० जना सदस्य मनोनित गरेका छन् । सभापति देउवाले आइतबार पार्टीको विधानको धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य रंगमती शाही प्रमुख रहेको विभागमा १० जना सदस्य मनोनित गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेमा दुधकुमारी हमाल, डा.साझना खातुन, स्मारिका विष्ट, उत्तम सिंखडा, रामकुमार राई र ऐनबहादुर मल्ल रहेका छन् ।
यस्तै अर्जुनप्रसाद रेग्मी, नरबहादुर रोकाया, हरिशंकर तिमिल्सेना र हिराप्रकाश गौचन विभाग सदस्यमा मनोनित भएका छन् ।