२ मंसिर २०८१, आईतवार
कोसी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।
कोसी प्रदेशमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीलाई सदनमा अविश्वासको प्रस्ताव समेत नल्याइ अर्को मुख्यमन्त्री नियुक्ति भएपछि सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि दुईपटक मुख्यमन्त्री भइसकेका नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रोपटक मुख्यमन्त्रीमा बहाल छन् ।