१ मंसिर २०८१, शनिबार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा विचार पुर्याएर चल्नुपर्ने बताएका छन् ।
देवशंकर पौडेलको लिखुसँग आत्मसमर्पण विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू नेपालको राजनीति सहज ढंगले अगाडि बढोस् भन्ने पक्षमा रहेको बताए ।
उनले भने, ‘राजनीति सहज ढंगले अगाडि बढ्नको लागि यात्रामा महत्त्वपूर्ण जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ । त्यसैले अहिले राष्ट्रिय राजनीतिमा विचार पुर्याएर चल्नुपर्छ । सबै कुरा ध्यानमा राखेर संवेदनशील भएर चल्नुपर्छ । त्यो संवेदनशील भएर चल्न सकियो भने मात्रै सफल भइन्छ ।’
चुनौती, समस्या, अप्ठ्याराहरू पहिले नै अनुभूत गर्न गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै अध्ययन, अनुसन्धान र विश्लेषणपछि मात्रै निष्कर्ष पुग्नुपर्ने उनको भनाइ छ ।