शान्ति प्रक्रियालाई टुंग्याउन नसके दलहरू बिचको विश्वास संकटग्रस्त बन्छ : कृष्णप्रसाद सिटौला

होमल्याण्ड खबर

२०८१ जेष्ठ २२ गते, मंगलवार १५:०३ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुंग्याउनुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरू अविलम्ब टुंग्याउनुपर्ने बताएका हुन् । उनले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरू ढिलो गर्नु नहुने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताए ।

सांसद सिटौलाले यस विषयलाई टुंग्याउन नसकेमा दलहरू बिचको विश्वास संकटग्रस्त बन्दै जाने बताए । उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरू पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताए ।

सांसद सिटौलाले संघीयताको कार्यान्वयनसँग सम्बन्धित कानुनहरू निर्माण गर्न पनि ढिलो गर्नु नहुने बताए ।