१ मंसिर २०८१, शनिबार
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतीशकुमार सिंह नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम शुक्रबार सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
६ दलका ५५ सांसदको समर्थनमा सिंहले शुक्रबार बिहान ८ बजे मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनलाई केहीबेरपछि पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।