१ मंसिर २०८१, शनिबार
प्रतिनिधिसभा अन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी भए ।
आज समितिको बैठकमा गाँजालाई वैधानिकता दिने सरकारको नीतिबारे छलफल भएको थियो । समितिको सभापतिमा छिन् कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा । पछिल्लो समय सहकारी प्रकरणको विषयले कांग्रेस र रास्वपाको दूरी बढेको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको दाबी गरेपछि अहिले संसदीय छानबिन समिति गठन गरेर त्यसले काम गर्दैछ । तर, आज कृषि समितिमा पुगेका गृहमन्त्री लामिछाने आज महत्वपूर्ण विषयमा घनिभूत छलफल भएको बताए ।
गृहमन्त्री लामिछानेले आरजूतर्फ हेर्दै भने, ‘सभापतिज्यू कतिपय ठाउँमा त हामी एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेछ नि । भनिन्छ नि सबै एकै ठाउँमा उभिएको जस्तो समितिको बैठक यहाँ पक्ष र विपक्ष रहेन ।’