१ मंसिर २०८१, शनिबार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरका विषयमा जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए ।
अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचिका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।