१ मंसिर २०८१, शनिबार
लुम्बिनी प्रदेश सभाकाे बैठक सोमबार बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रदेश सभाको १८ औँ बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफल सम्भावित कार्यसूचीमा राखिएको छ ।
जसमा मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ । सुरुमा सहरी विकास तथा खानेपानी मन्त्रालयमाथि छलफल हुनेछ । त्यसपछि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।