विनियोजन विधेयक २०८१ प्रतिनिधिसभा बैठकबाट पारित

होमल्याण्ड खबर

२०८१ असार १२ गते, मंगलवार १५:१२ मा प्रकाशित

विनियोजन विधेयक, २०८१ प्रतिनिधिसभा बैठकले पारित गरेको छ । मंगलबार बसेको सभाको बैठकले विनियोजन विधेयक, २०८१ पारित गरेको हो ।

त्यसअघि विनियोजन विधेयक, २०८१ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । उक्त निर्णयहरूलाई बहुमतले पारित गरेको थियो ।

बैठकमा अर्थ मन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई पनि बहुमतले पारित गरेको थियो ।