रास्वपाले दियो राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई

होमल्याण्ड खबर

२०८१ असार १८ गते, सोमबार १०:१४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत छनोटको जिम्मा उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा रास्वपाले दुई देशका लागि राजदूत पाएको छ । पार्टीका तर्फबाट नाम सिफारिसका लागि सम्भावित नाम सुझाउन रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो ।

जसमा २४० भन्दा बढी सुझाव आएको र तीमध्ये ७ जनाको नाम अन्तर्राष्ट्रिय विभागले सभापति रवि लामिछानेलाई बुझाएको छ । तर लामिछानेले उपाध्यक्ष वाग्ले र खनाललाई जिम्मा दिएका रास्वपाले जानकारी दिएको छ ।

राजदूत चयनका लागि रास्वपाले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि ९राजदूत० प्रा डा जयराज आचार्यसँग परामर्श गर्ने पनि जनाएको छ ।