एक जना मन्त्री पनि नआएपछि प्रतिनिधिसभा बैठक स्थगित

होमल्याण्ड खबर

२०८१ असार १८ गते, सोमबार ११:४५ मा प्रकाशित

एक जना पनि मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।

त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।