विदेशी लगानीलाई उपयुक्त आधार बन्यो : अर्थमन्त्री

होमल्याण्ड खबर

२०८१ असार १८ गते, सोमबार १५:४६ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् ।

प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताए ।

लगानी सहजीकरणका लागि कानुन संशोधन गर्नुका साथै इनभेस्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइल तयार गरिएको उनले बताए ।

यसैगरी सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न विभिन्न क्षेत्रका १ सय ५० भन्दा बढी आयोजनाहरू प्रस्तुत गरिनुका साथै १९ वटा परियोजनाका लागि ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ (ईओआई) आह्वान गरिएको र परियोजना बैंकलाई अध्यावधिक गरिएको उनले बताए ।

निजी क्षेत्रका छाता संगठनहरूको समेत सहआयोजनामा सम्पन्न सम्मेलनले निजी क्षेत्रको मनोबल वृद्धि भएको उनले बताए ।

बैठकमा सांसद् सुवालले १६ र १७ वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको उपलब्धिबारे प्रश्न सोधेका थिए ।