कांग्रेस नेता जीतेन्द्रनारायण देव एमाले प्रवेश

होमल्याण्ड खबर

२०८१ असार १८ गते, सोमबार १७:०८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव नेकपा (एमाले)मा प्रवेश गरेका छन् । संविधानसभा सदस्य, पूर्वपर्यटनमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका जीतेन्द्र सोमबार एमालेमा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गरेका छन् । उनी संविधानसभा सदस्य एवं पूर्वकृषिमन्त्री हुन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोसपाका अरू नेता–कार्यकर्तालाई पनि ओलीले एमालेमा प्रवेश गराए ।