सानेपामा सँगै देखिए प्रचण्ड र देउवा

होमल्याण्ड खबर

२०८१ असार १९ गते, मंगलवार १५:३० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा पुगेका छन्। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन्।

कांग्रेस र एमालेबिच सहमति भएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री एउटै कार्यक्रममा देखिएका हुन्। हिजो मध्यराती प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो।

पूर्वसभापति कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा कांग्रेसले फोटो प्रदर्शनी पनि गरेको छ। कार्यक्रममा एमालेका अध्यक्षसहित शीर्ष नेताहरू पनि पुगेका छन्।

२०६२/०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका उनी पाँच पटक प्रधानमन्त्री भए। उनको निधन २०६६ साल चैत ७ गते भयो।