धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा सर्वोच्चको अन्तरिम आदेश

होमल्याण्ड खबर

२०८१ असार १९ गते, मंगलवार १६:२२ मा प्रकाशित

धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो । उक्त विरुद्ध सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले कारण देखाऊ आदेशसँगै सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।