१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एक घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिएका हुन् ।
सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले छलफल गरेका हुन् । कांग्रेससँग एमाले मिले पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् ।
आज बिहान बसेको पदाधिकारी बैठकले सत्ता समीकरणका अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो। रास्वपाले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सरकार नछाड्ने निर्णय गरेको छ।