१ मंसिर २०८१, शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बित महामन्त्री मुकुल ढकालले आजको रवि लामिछानेलाई केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवको शैली मन पर्न थालेको आरोप लगाएका छन् ।
उनले आफूलाई बालपन बच्चापन भयो भन्दै आफ्नो शैली र छविमा आच लगाउने काम रवि लामिछानेबाट भएको आरोप लगाए । बुधबार पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।
“अहिले धारा ३ अनुसार सरकार बन्छ कि भनेर रवि लामिछाने टुसुक्क परेर जाने मन छ । प्रचण्ड ओली र देउवाका ेशैली मन पर्नेलाई मुकुल ढकालको शैली कहाँ मन पर्छ र,” उनले भने ।
उनले महामन्त्रीलाई बालक अपरिपक्व भन्ने प्रमाणित गर्नका लागि बन्द कोठामा बैठक बसेर लाइभ नगरिएको उल्लेख गरे ।
सरकारको विरुद्धमा नबोल भनेपछि बोलिन, रवि लामिछानेले म विरुद्ध ज्वाला संग्रौला र रमेश प्रसाईं प्रयोग गर्नुभयो