३० कार्तिक २०८१, शुक्रबार
पार्टी विभाजनको समयमा नेकपा एकीकृत समाजवादी पुगेका पुराना एमाले मकवानपुरका नेताहरू पुनः एमालेमा फिर्ता भएका छन् ।
एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रमबीच एकीकृत समाजवादीका पूर्वउपाध्यक्ष भूमिनन्द अर्याल, एस मकवानपुरका सचिवालय सदस्य कालू ढकाल तथा जिल्ला सदस्य जविन्द्र थोकर एमालेमा फर्किएका हुन् ।
एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल सहितका नेताहरुले समाजवादीका नेताहरूलाई एमालेमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पोखरेलले एमाले छाडेर समाजवादी पुगेका एमाले नेता तथा कार्यकर्ता क्रमिक रूपमा एमालेमा फर्कने क्रममा रहेको बताए ।