प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

होमल्याण्ड खबर

२०८१ श्रावण ६ गते, आईतवार १२:५५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।