काटिएका ६ उद्योगको लाइन जोड्ने विद्युत् प्राधिकरणको निर्णय

होमल्याण्ड खबर

२०८१ श्रावण ८ गते, मंगलवार १५:३६ मा प्रकाशित

डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो।

बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरिएको जनाइएको छ ।