३० कार्तिक २०८१, शुक्रबार
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनाराण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री आचार्य अर्घाखाँची १ (१) का निर्वाचित सांसद् हुन् । कूल १२ वटा मन्त्रालयमध्ये एमाले र कांग्रेसले पाँच/पाँचवटा लिने सहमति भएको छ । अन्य दुईवटा मन्त्रालय साना दललाई सरकारमा सहभागी गराउने गरी राखिएको छ ।
एमाले र कांग्रेसका चार/चार जना विनावभागीय मन्त्रीहरूले पनि शपथ लिएका छन् ।
एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरी मन्त्री बनेका छन् । कांग्रेसबाट सरोज थापा (रोज राणा), जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की, प्रचण्ड विक्रम न्यौपाने र बादशाह कुर्मीले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
उनीहरूलाई मन्त्रालयको जिम्मेवारी केही दिनमा तोकिने बताइएको छ।