३० कार्तिक २०८१, शुक्रबार
सिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएका छन ।
नेपाल फर्किएपछि नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मा एसिया कप जस्तो ठूलो खेल खेल्न पाउदा निकै उत्साहित भएको बताए । उनाले खेलमा सक्दो प्रयास गरेपनि सोचेजस्तो नजिता हासिल गर्न नसकिएको जिकिर गरे। बर्माले फिटनेश, बलिङ र व्याटिङमा निकै सुधार गर्नुपर्ने देखिएको उल्लेख गरे ।
नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले पराजित भएको थियो ।