सभापतिसँग भनाभनपछि पूर्वमन्त्री किरातीले गरे बैठक नै बहिष्कार

होमल्याण्ड खबर

२०८१ श्रावण १० गते, बिहीबार १५:१६ मा प्रकाशित

बिहीबार बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वमन्त्री सुदन किराती र समितिका सभापति राजकिशोर यादबिच भनाभन भएको छ । विषयवस्तु (मुद्दा) मा केन्द्रित हुँदै छलफलमा भाग लिँदै गर्दा सभापति यादवले रोकेपछि किराती आक्रोशित बनेका हुन् ।

यसलगत्तै आक्रोशित भएका पूर्वमन्त्री किरातीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राख्दै गरेको बताए । ‘सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन नि । फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु ?,’ उनले प्रश्न गर्दै भने, ‘म त राजनीतिक प्राणी हो नीतिगत पक्षमा बोल्ने हो ।’

थप बोल्न नदिएपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका छन् । सभापतिले चार चार वटा मुद्दा छलफलका राखे पनि सम्बन्धित मुद्दामा बोल्न नदिएर अत्याचार गरेको किरातीको आरोप छ ।