सहकारीको रकम अपचलन गरेर विदेश भागेका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

होमल्याण्ड खबर

२०८१ श्रावण १४ गते, सोमबार १३:४८ मा प्रकाशित

सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेकाहरुलाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो ।

यस्तै समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको छ ।