३० कार्तिक २०८१, शुक्रबार
सांसद डा.अमरेशकुमार सिंहले शेयरको मुल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृतिम रुपमा बढाइएको बताउदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
संसद बैठकमा बिना आधारमा कम्पनीका शेयर मुल्य बढिरहेको उदाहरण दिदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन् ।
उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनिको मुल्य अहिले तिन चार गुणासम्म बढेको बताउदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।