कांग्रेस-एमालेले जनतामा देखिएको निरासा अन्त्य गर्नेछ : मन्त्री सिंह

होमल्याण्ड खबर

२०८१ श्रावण २२ गते, मंगलवार १४:२२ मा प्रकाशित

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने जिकिर गरेका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलमा सिंहले पटक-पटक सरकार परिवर्तनको खेलका कारण जनतामा निराशा छाएकोले त्यसको अन्त्यका लागि ठूला दुई दल मिलेर सरकार बनाएको बताए ।
सिंहले राजनीतिक स्थायित्व र स्थिरताको जगमा मुलुकको परिवर्तन गर्न ध्यान केन्द्रित गर्ने धारणा राखे ।
यस्तै उपप्रधानमन्त्री सिंहले देशभरका सहरी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न नीतिगत सुधारका साथ अघि बढ्ने उल्लेख गरे ।