हामीलाई दलाल पुँजीपति र विभिन्न गिरोहले भूलभूलैयामा पारे : प्रचण्ड

होमल्याण्ड खबर

२०८१ श्रावण २२ गते, मंगलवार १५:२७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू, पदाधिकारी र कार्यकर्ताहरू प्रदूषित भएको बताएका छन् ।

‘जनयुद्धका बेला हजारौं होलटाइमर कार्यकर्ताहरू थिए । उनीहरूको व्यवस्थापन आफैंले गर्नु पर्छ भनियो । व्यवस्थापनका लागि हामी प्रहर्षित भयौं’, उनले भने, ‘कहिले मेहनत गरेर व्यवस्थापन गर्नु भयो अरूले २ नम्बरी गरेर व्यवस्थापनमा लाग्नु भयो ।’

अध्यक्ष प्रचण्डले दलाल पूँजीपतिहरूको भुल भुलैयाका कारण पार्टीमा समस्या भएको बताए । उनले भने, ‘हाम्रो पार्टीलाई दलाल पूँजीपति र विभिन्न गिरोहले भुल भुलायैमा पारे । हाम्रो पार्टी नेता र कार्यकर्ताहरूलाई प्रदूषित बनाए ।’