मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, काे कति नम्बरमा ?

होमल्याण्ड खबर

२०८१ श्रावण २४ गते, बिहीबार १४:१३ मा प्रकाशित

 राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् ।

१६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् । पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।