परराष्ट्रमन्त्री राणासँग अमेरिकी उप-विदेशमन्त्री बर्माको भेटवार्ता

होमल्याण्ड खबर

२०८१ श्रावण ३२ गते, शुक्रबार १६:०८ मा प्रकाशित

अमेरिकी व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्रमन्त्री डा।आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

शुक्रवार अपराह्न परराष्ट्रमन्त्री देउवा र उपविदेश मन्त्री वर्माबीच भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको जनाएको छ । आजै काठमाडौँ आएका उपविदेश मन्त्री बर्माले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए ।