शैक्षिक क्षेत्र दलीयकरण हुनुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री : सुमना श्रेष्ठ

होमल्याण्ड खबर

२०८१ भाद्र ६ गते, बिहीबार १५:५३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले शिक्षक तथा प्राध्यापकले राजनीति गर्नुपर्छ र शैक्षिक क्षेत्र दलीयकरण हुनुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वशिक्षामन्त्री समेत रहेका सांसद श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलको हस्तक्षेप गराउने प्रधानमन्त्रीलाई कार्यक्षमतामाथि प्रश्न किन नउठाउने भन्दै प्रश्न गरिन् ।

उनले भने, ‘शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, शिक्षक प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै हिँड्ने अहिलेका प्रधानमन्त्रीलाई जरोमा पनि उही टुप्पोमा पनि उही भएपछि उहाँको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ?’

सांसद श्रेष्ठले दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशाका कारण एउटा मन्त्रीले सामाजिक सञ्जालमा अर्को मन्त्रीसँग सुरक्षा माग्नुपर्ने अवस्था आइपरेको बताए ।