९ मंसिर २०८१, आईतवार
इंग्ल्यान्डका क्रिकेटर जोहन सिम्पसन एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । बुधबार प्रेस विज्ञप्ती जारी गरि जोेहनलाई टिममा आवद्ध गरेको चितवनले जानकारी गराएको हो ।
अनुभवी खेलाडी जोहनले ९४ ट्वान्टी—ट्वान्टी क्रिकेट खेल खेलिसकेका छन् । ३० वर्षीय जोहन इंग्ल्यान्डको अन्डर १९ राष्ट्रिय टिमका पूर्व खेलाडी हुन् । उनले लंकाशायर र मिडलसेक्सबाट खेल्दै १४० फस्ट क्लास र ८४ लिष्ट ए क्रिकेट खेलिसकेका छन् ।
विकेट किपर ब्याट्सम्यानका रुपमा टिममा भित्र्याएको चितवनले यसअघि आयरल्याण्डका खेलाडी पाउल स्टिलिर्ङलाई अनुवन्ध गरेको थियो । गएको सिजनमा टिमले सोचे अनुरुपको प्रदर्शन देखाउन नसकेको उल्लेख गर्दै चितवन टाइगर्स टिमले यो सिजनका लागि जोहनजस्ता अनुभवी खेलाडीलाई टिममा अनुवन्ध गरेको बताएको छ ।
मंसिर २२ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने ईपीएलमा चितवनको मार्की खेलाडीका रुपमा दीपेन्द्र सिंह ऐरी रहनेछन् ।