११ मंसिर २०८१, मंगलवार
चालू आर्थिक वर्षको प्रथम चौंमासिकमा मुलुकको निर्यात् व्यापार गत वर्षभन्दा करिव ११ प्रतिशतले वृद्धि भएको देखिएको छ।
नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत वर्षभन्दा निर्यात व्यापारमा १० दशमलव ७० प्रतिशतले वृद्धि भएको जानकारी गराएको हो। यार्न, उनी गलैचा र तयारी पोशाकको निर्यात व्यापार गत वर्षको भन्दा उल्लेख्य वृद्धि भएको केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले जानकारी दिए।
नेपालको निकासी व्यापार हुने प्रमुख मुलुकहरुमा भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, जापान, अष्ट्रलिया र डेनमार्क रहेका छन्। केन्द्रले मुलुकको व्यापार घाटा चालू आर्थिक वर्षको प्रथम चौमासिकमा सामान्य सुधार आएपनि पैठारीमा देखिएको अत्याधिक वृद्धिका कारण करिव ४० प्रतिशतले वृद्धि हुन आएको पनि स्पष्ट पारेको छ।
नायव कार्यकारी निर्देशक खनालले हाल नेपालको व्यापार घाटा ४ सय ४५ अरव ४७ करोड पुगेको जानकारी पनि दिनु भयो । पैठारीमा देखिएको वृद्धि नै व्यापार घाटा बढदै जानुको मुख्य कारण रहेको केन्द्रको तर्क छ।