११ मंसिर २०८१, मंगलवार
वाइडबडी जहाज खरिद प्रक्रियामा संसदीय समितिले छानबिन गर्ने भएको छ ।
संसदको लेखा समितिले सांसद राजन केसीको नेतृत्वमा उपसमिति गठन गरेर छानबिन गर्ने निर्णय गरेको छ । उपसमितिमा सदस्यमा प्रमिला यादव, मीना पुन, चन्दा चौधरी, प्रदिप यादव, कृष्णलाल महर्जन, प्रेम आले र धर्मशीला चापागाईँ रहेका छन् ।
उपसमितिले १५ दिनभित्र वाइडबडी खरिद सम्बन्धमा उठेका विषयसहितको प्रतिवेदन तयार पारेर समितिलाई बुझाउनेछ ।
लेखा समितिका सभापति भरत शाहले सुरुमा उपसमितिको संयोजकमा हृदयश त्रिपाठीलाई प्रस्ताव गरेका थिए । तर उनले अस्वीकार गरे । डा. मिनेन्द्र रिजालले पनि उपसमितिको संयोजकमा बस्न अस्वीकार गरेपछि महर्जनको नेतृत्वमा उपसमिति बनाइएको थियो ।