महासमिति बैठकको विधान संशोधनको लागि विज्ञहरुको भेला

होमल्याण्ड खबर

२०७५ मंसिर २६ गते, बुधबार १६:३५ मा प्रकाशित

मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म हुने नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएको विधान संशोधनका लागि बुधबार छलफल भएको छ ।
काठमाडौं लैनचौरमा कांग्रेसका नेता तथा विज्ञहरुको सहभागितामा भेला सम्पन्न भएको हो ।

भेलामा महासमिति बैठकमा संसोधन गर्नुपर्ने विषयबस्तु र पछिल्लो समयमा देखिएको राजनैतिक अवस्था, जनसरोकारमा पार्टीले खोलेको भूमिका र राजनीती प्रस्तावनाको बिषयमा छलफल भएको हो ।

भेलामा त्रिवि उपकुलपति तिर्थ खनिया, कांग्रेस नेता रञ्तित कर्ण, पूर्वमन्त्री दिपक खड्का, विज्ञ तुलनारायण शाह, रमेश महत, सुवास पोखरेल, उमेश जंग रायमाझीलगायतका नेता तथा विज्ञहरुले कांग्रेसको महासमिति बैठकमा हुनुपर्ने संशोधन र यसको औचित्य बारेमा धारणा राखेका छन्।