२५ फाल्गुन २०८२, सोमबार
सत्तारुढ दल नेपाली कांग्रेसले दबाब दिएपश्चात भूमिसम्बन्धी विधेयक आजको कार्यसूचीबाट हटाइएको छ। कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेपश्चात प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई कार्यसूचीबाट हटाइएको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’पेश गरेपछि विधेयकमाथि छलफल र विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरेर पारित गर्ने तयारी थियो।


तर, आज बिहानै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याउन लागेको भूमिसम्बन्धि विधेयक कार्यसूचीबाट हटाउन माग गरेका थिए। उनले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकझ मा संशोधन गरेर सहमति जुटाउन जरुरी रहेको दाबी गरेका थिए। पर्याप्त गृहकार्य नगरी ञसोझै पारित गर्ने गरीझ संसदमा प्रस्तुत हुन लागेकोप्रति विमत्ती रहेको उनको भनाई छ। ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकझ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ। पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसद्मा प्रस्तुत हुन लागेकोमा खुला विमति छ’, उनले बुधबार बिहान भनेका छन्, ‘लटरपटर नगरौँ, पूर्वसहमति खोजौँ कि समितिमा पठाऊँ। अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्( भूमि विधेयक।’
विधेयकमा कांग्रेसका महामन्त्रीद्वयस् गगन थापा र विश्वप्रकाश शर्मालगायतले सच्याउन संशोधन दर्ता गरेका थिए। यस अगाडि पनि मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गर्दा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश रोकेका थिए। राष्ट्रपतिले रोकेपछि जसपाले पनि साथ नदिने अडान राखेपछि राष्ट्रिय सभामा बहुमत नहुँदा पारित नहुने भन्दै विधेयकको रुपमा अगाडि बढाइएको थियो। ५९ सदस्यीय राष्ट्रिय सभामा सत्तारूढ कांग्रेसका १६ र एमालेका ११ ९एक मनोनितसहित० गरी २७ सांसद मात्रै छन् ।